काठमाडौं । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
वैशाख ६ देखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रस्तावमाथि छलफल हुने बताइएको छ ।
त्यस्तै, वैशाख ६ गतेको बैठकले कर्णाली प्रदेशका ‘फ्लोर क्रस’ गनेए ५ सांसदसहित खनाल–नेपाल पक्षका ३२ जनामाथि कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम सोधिएको स्पष्टीकरणको जबाफ बिहीबार सबैले दिएका छन् ।
बैठकमा विष्णु पौडेल संयोजक रहेको शंकर पोखरेल र टोप बहादुर रायमाझी सम्मिलित कार्यदलले बेन्द्रीय सदस्यहरुको कार्यविभाजन प्रस्ताव समेत पेस गर्ने बताइएको छ ।