सर्वोच्च अदलतमा नेपालसहित ४ नेताको रिट, आइतबार पेशी [पूर्णपाठ]

604

काठमाडौं । नेकपा (एमाले) नेता माधव कुमार नेपाल पक्षीय ४ नेताले अध्यक्ष केपी शर्मा ओलीले सांसद् पद नरहनेगरी कारबाही रोक्न माग गर्दै दिएको रिट सर्वोच्च अदलतमा दर्ता भएको छ ।

उक्त रिटमा आइतबारका लागि पेशी तोकिएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए । रिटमा अध्यक्ष ओली, निर्वाचन आयोग, सभामुखलाई विपक्षी बनाइएको छ ।

नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालद्वारा दायर उक्त रिटमा आइतबारका लागि पेशी तोकिएको अदालतले जनाएको छ ।

रिटमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसला विपरीत पार्टीलाई एकलौटी र अनाधिकृत कब्जा गरी आफूहरुको राजनीतिक जीवन नै समाप्त पार्ने दूराशयपूर्ण मनोभावना राखी संसद सदस्यबाट निष्काशन गर्न खोजेको उल्लेख छ ।

नेकपा एमाले नेपाल समूह
Share This:
सम्बन्धित खबर
Loading...