काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार पनि भेटवार्ता भएको छ ।
काठमाडौंको मेरियट होटलमा करिब डेढ घन्टा भएको छलफलमा पार्टी बिवादका बिषयमा केन्द्रित रहेको थियो । भेटमा दुई नेताले पार्टीको विवाद समाधानका विभिन्न उपायका बीचमा छलफल भएको स्रोतले जनायो ।
भेटपछि ओलीले कुनै प्रतिक्रिया दिएनन् । त्यस्तै नेता नेपालले संक्षिप्त प्रतिक्रिया दिँदै कुराकानीमा कुनै प्रगति नभएको बताए ।
नेताद्वयबीच बुधबार पनि मेरियट होटलमै संवाद भएको थियो । बिहीबारको भेटमा क्रममा मेरियट होटलको झ्यालबाट नेताद्वयले नवनिर्मित धरहराको अवलोकनसमेत गरेका थिए ।