जिल्ला प्रशासनको टोलीद्वारा सार्वजिनक यातायात अनुगमन

135

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दै गए पनि स्वास्थ्य सावधानी विनै सार्वजनिक सवारीसाधन निर्वाध सञ्चालनमा भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गरेको छ ।

बिहीबार काठमाडौंको विभिन्न चोक चोकमा पुगेर अनुगमन टोलीले सार्वजनिक सवारीसाधनमा स्वास्थ्य सावधानी अपनाएको वा नअपनाएको बारे अनुगमन गरेको हो ।

अनुगमनका क्रममा मास्क प्रयोग नगर्ने र गाडीमा स्यानिटाइजर नभएको पाइएकाले चेतावनी दिइएको जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत राम बहादुर सार्कीले बताए ।

उनले कोरोना संक्रमण रोकथामका लागि काठमाडौंमा सार्वजनिक सवारीसाधान सञ्चालन तथा यात्रामा नयाँ नियम लागु गरिएको र उक्त नियम सवैले पालना गर्नुपर्ने बताए । अबका दिनमा सार्वजनिक यातायातले सरकारको नियम पालना नगरे कारवाही गर्ने उनले बताए ।

प्रशासन कार्यालयले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गराउने, सवारीसाधनको ढोकामा र भित्र सेनिटाइजर व्यवस्था गर्ने लगाएतका नियम लागु गरेको छ । अनुगमनको टोलीमा ट्राफिक महाशाखा र यातायात व्यवसायीको पनि प्रतिनिधित्व रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...