सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन

298

काठमाडौं । कोभिड–१९ संक्रमणको नक्कली नमुना रिपोर्ट बनाइ दिएको आरोप लागेका सिनामंगलस्थित सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सुरिया ल्याबको लाइसेन्स निलम्बन गरेको हो ।

नक्कली रिपोर्टको बारेमा हाल अनुसन्धान जारी रहेको भन्दै सञ्चालन अनुमति निलम्बन गरेको प्रयोगशालाकी निर्देशक डा।रुणा झाले बताइन् । अर्को सूचना नआएसम्म सुरियामा परीक्षण नगराउनसमेत प्रयोगशालाले आग्रह गरेको छ ।

महानगरीय प्रहरीले मंगलबार सुरिया हेल्थ केयर प्रालिका सञ्चालक डा.सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्र बहादुर रायमाझीसहित ८ जनालाई पक्राउ गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...