बिजुलीको पोलले लागेर महिलाको मृत्यु

141

सुनसरी । सुनसरी इनरुवा नगरपालिका-९ बबिया की ४२ वर्षीया सुनिता खत्वेको बिजुलीको पोलले लागेर मृत्यु भएको छ ।

बुधबार बेलुका पौने ५ बजे सोही स्थानमा को१क ८७६ नम्बरको स्काभेटरले नहर सफा गर्ने क्रममा बिजुलीको पोलमा ठक्कर दिँदा उक्त बिजुलीको पोल ढलि घरमा बसिरहेकी खत्वेलाई लाग्दा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा बेलुका सँवा ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

स्काभेटर नियन्त्रणमा रहेको र चालक फरार रहेकोले खोजतलास भइरहेको सो कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...