एक हजार दरका ४१५ थान नक्कली नोटसहित ३ जना पक्राउ

229

इनरुवा । प्रहरीले सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–४ बाट मंगलबार जाली नोट सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान–१९ का ६६ वर्षीय टेक बहादुर तामाङ, हरिनगर–२ का २४ वर्षीय नजिम साफी र धरान–१७ का महेन्द्र तामाङ रहेको प्रहरी नायब उपरीक्षक (डिएसपी) नगेन्द्र कुमार कार्कीले बताए ।

जाली नोटको कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा उनिहरुको साथबाट नेपाली जाली नोट १ हजार दरका ४ सय १५ थान बरामद गरेको डिएसपी कार्कीले जानकारी दिए ।

जाली नोटसहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्बन्धी कसुर अन्तरगत मुद्धा दर्ता गराई थप अनुसन्धान समेत भइरहेको सो कार्यालय जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...