स्वास्थ्य मन्त्रालयले भन्यो,‘अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कनु’

429

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनहुँ तीव्ररुपमा कोरोना संक्रमण बढिरहेको बताउँदै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन अपील गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले हरेक ४ दिनमा कोरोनाको संख्या दोब्बर भइरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेका हुन् ।

“हरेक ४ दिनमा संक्रमण दोब्बर भइरहेको छ । र हाम्रा संरचनाहरुले धान्नै नसक्नेगरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको छ । यसकारण अत्यन्त जरुरी नपरी घरबाट बाहिर ननिस्कन, सभा, भेला–गोष्ठी, सेमिनार, मिटिङ, जात्रा नगर्न र नागरिक जीवनहरुको रक्षा गर्न सम्पूर्णमा अनुरोध गर्दछु,” प्रवक्ता गौतमले भने ।

Share This:
सम्बन्धित खबर
Loading...