अध्यक्ष ओली र नेपालबीचको भेटवार्ता सकियो

872

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

काठमाडौंको नक्सालस्थित मेरियट होटलमा अध्यक्ष ओली र नेपालबीच भेटवार्ता भएको थियो । भेटमा एमाले नेता बिष्णु पौडेल पनि सहभागी थिए ।

नेताहरुबीच करिब २ घन्टा भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री ओली र नेता योगेश भट्टराईबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएपछि दुई नेताबीचको भेटको वातावरण मिलेको हो ।

गत पुस ५ गते प्रतिधिसभा विघटनपश्चात ओली र नेपालबीच संवाद हुन सकेको थिएन ।

Share This:
सम्बन्धित खबर
Loading...