खनाल–नेपाल पक्षीय २७ जनाले बिहीबार स्पष्टीकरण बुझाउने

230

काठमाडौं । नेकपा (एमाले)का झलनाथ खनाल–माधव नेपाल पक्षले बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष स्पष्टीकरण बुझाउने भएका छन् ।

बुधबार बुद्धनगरमा बसेको सो पक्षको स्थायी कमिटी बैठकले बिहीबार नै स्पष्टीकरण बुझाउने निर्णय गरिएको एमाले नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

बैठकमा पार्टीभित्रको आन्तरिक विषयमा छलफल भएको र थप रणनीतिका साथ अघि बढ्ने निर्णय गरेको छ । शाक्यले स्थायी समितिका सदस्यबीच छलफल नभएको लामो समय भएकाले आगामी रणनीतिका बारेमा छलफल भएको उनले बताइन् ।

नेकपा एमालेका अध्यक्ष ओलीले मंगलबार वरिष्ठ नेता माधव कुमार नेपालसहित २७ जना संघीय संसदलाई पार्टीको नीति निर्देशन विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण माग गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...