काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अबको केही दिनभित्रै मुलुकको राजनीतिले कोल्टे फेर्ने बताएका छन् ।
बुधबार बुढानिलकण्ठमा बसेको कांग्रेसको पूर्वपदाधिकारीसहित वर्तामान पदाधिकारीको बैठकमा सभापति देउवाले ओली सरकार ढाल्न तीन दलबीच सहमति नजिक रहेको र अबको केही दिनमै राजनीतिले कोल्टे फेर्ने बताएका हुन् ।
उनले भने,“चिजको विकास निकै क्लियर भइसकेको र अब केही दिनमै राजनीतिले कोल्टे फेर्दैछ । निरन्तरको छलफल फलदायी बन्दै छ ।”
जसपाभित्र अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको समूह प्रधानमन्त्री ओलीसँगै वार्ता गरेर सरकारमा जाने अडानमा रहेको छ । तर, अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराई ओलीको विकल्प खोजेर जाने अडानमा छन् ।