२४ घन्टामा उपत्यकामा १,०५१ सहित २,३५१ जनामा संक्रमण पुष्टि

226

काठमाडौं । २४ घन्टामा देशभरबाट २ हजार ३ सय ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार अनुसार देशभर ८ हजार ८ सय ४४ जनाको पिसिआर र ८ सय ३ जनाको एन्टिजेन नमुना परीक्षणको नतिजामा कुल २ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका २ हजार ३ सय ५१ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८९ हजार ९ सय १८ पुगेको छ । यीमध्ये १० हजार ५ सय ८२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडाैंमा ७ सय ८६, ललितपुरमा १ सय ८१ र भक्तपुरमा ८४ जना गरी काठमाडाैं उपत्यकामा १ हजार ५१ जना संक्रमित फेला परेका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ सय ८० जना र भेन्टिलेटरमा ४७ जना उपचाररत छन् ।

बुधबार देशभर २ सय ८७ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका २ सय ८७ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७६ हजार ९३ जना पुगेको छ । निको हुने दर ९५.३ प्रतिशत रहेको छ ।

पछिल्लाे २४ घन्टामा काेराेना संक्रमणबाट थप १० जनाकाे मृत्यु भएकाे छ । याेसँगै मृत्यु हुनेकाे ३ हजार १ सय १२ पुगेकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...