२४ घन्टामा १,७३६ जनामा कोरोना संक्रमण, ११ को मृत्यु

286

काठमाडौं । २४ घन्टामा देशभरबाट १ हजार ७ सय ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अनुसार देशभर ८ हजार ७ सय ३८ जनामा गरिएको नमुना परीक्षणको नतिजामा कुल १ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका १ हजार ७ सय ३६ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको छ । यीमध्ये ८ हजार ६ सय ५९ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ सय ६० जना र भेन्टिलेटरमा ४५ जना उपचाररत छन् ।

मंगलबार देशभर २ सय ५१ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका २ सय ५१ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७५ हजार ८ सय ६ जना पुगेको छ । निको हुने दर ९५.९ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय २ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...