त्रिकोणात्मक टी–२० सिरिजः नेपालद्वारा नेदरल्यान्ड्सलाई २०७ रनको लक्ष्य

453

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आजको खेलमा नेपालले नेदरल्यान्ड्सलाई २ सय ७ रनको विशाल चुनौती प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रनको योगफल बनाएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२, दीपेन्द्र सिंह ऐरीले ६०, कप्तान ज्ञानेन्द्र मल्ले २० तथा कुशल मल्लले १८ रनको योगदान दिए ।

यस्तै सोमपाल कामी २१ र बिनोद भण्डारी ७ रनमा अविजित रहे । अघिल्लो खेलमा अर्धशतक प्रहार गरेका आसिफ शेख भने आज शून्य रनमा आउट भए ।

Share This:
सम्बन्धित खबर
Loading...