आइपिएल २०२१ : बैंगलोरको लगातार तेस्रो जित, कोलकाता ३८ रनले पराजित

459

काठमाडौं । रोयल च्यालेञ्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेटमा लगातार तेस्रो जित हासिल गरेको छ ।

आइतबार भएको पहिलो खेलमा बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ३८ रनले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

चेन्नइमा टस जितेर पहिले ब्याटिङ रोजेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ४ रनको विशाल योगफल बनाएको थियो ।

खराब सुरुवात गरेको बैंगलोरका विराट कोहली ५, रजत पटिदर १ रन तथा देवदत्त पडिक्कल २५ रनमा आउट भएपनि मध्यक्रमका ग्लेन म्याक्सवेल र एबी डि भिलियर्सले अर्धशतकीय पारी खेलेपछि उच्च योगफल बनायो ।

म्याक्सवेले ७८ तथा डि भिलियर्स ७६ रनमा अविजित रहँदा काइल जेमिसनले ११ रनको योगदान दिए ।

२ सय ५ रनको लक्ष्य पछ्याएको कोलकाताले १ सय ६६ रन मात्र बनाउन सक्यो । राम्रो सुरुवात गरेको कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ३१ रन बनाए ।

यसैगरी, कप्तान इयान मोर्गानले २९, साकिब अल हसनले २६, राहुल त्रिपाठीले २५, शुभमन गिलले २१ तथा नितिश रानाले १८ रन जोडेपनि त्यो पर्याप्त भएन ।

बैंगलोरका काइल जेमिसनले ३, युजवेन्द्र चाहल र हर्सल पटेलले २–२ तथा वासिङ्टन सुन्दरले एक विकेट लिए ।

जितसँगै बैंगलोर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोरको ३ खेलबाट ६ अंक छ । यस्तै, दोस्रो स्थानको मुम्बइको ४ अंक रहेको छ ।

तालिकामा समान २ अंक जाेडेकाे चेन्नइ तेस्राे, दिल्ली चाैथाे, राजस्थान पाँचाैँ, काेलकाता छैठाैँ र पञ्जाब साताैँ स्थनमा रहेका छन् भने हैदरावाद अंकविहीन रहँदै पुछारमा रहेकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...