२९ जना बालबालिकामा कोरोना देखिएपछि विराटनगरका विद्यालय एक साता बन्द

196

विराटनगर । विराटनगर महानगरपालिकाले एक साताको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

विराटनगरमा कोरोना संक्रमण दर बढेसँगै नगरभित्रका विद्यालय एक साताको लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको मेयर भीम पराजुलीले जानकारी दिए ।

पछिल्लो समय विराटनगरमा २९ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।

महानगरपालिकाको तथ्याङ्कअनुसार शनिबारसम्म विराटनगरमा १ सय ३८ जनामा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये २९ जना २० वर्षमुनिका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...