पछिल्लो २४ घन्टामा ८४३ जना संक्रमित, ५ को मृत्यु

444

काठमाडौं । २४ घन्टामा देशभरबाट ८ सय ४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अनुसार देशभर ६ हजार ४ जनामा गरिएको नमुना परीक्षणको नतिजामा कुल ८ सय ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ८ सय ४३ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको छ । यीमध्ये ५ हजार ५ सय ४५ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा ३ सय १२ , ललितपुरमा ७४ र भक्तपुरमा ९ जना गरी उपत्यकामा ३ सय ९५ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ९४ जना र भेन्टिलेटरमा ४५ जना उपचाररत छन् ।

मंगलबार देशभर २ सय २६ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका २ सय २६ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७५ हजार ३८ जना पुगेको छ । निको हुने दर ९७ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ७५ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...