नेदरल्यान्डद्वारा नेपाललाई १३६ रनको लक्ष्य

334

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत उद्घाटन खेलमा नेदरल्यान्ड्सले नेपाललाई १ सय ३६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेटको १ सय ३५ क्षतिमा रन बनाएको थियो ।

सुरुवाती दुई विकेट सस्तैमा गुमाएको नेदरल्यान्ड्सका स्कट एड्वार्ड र बास डि लिडेले तेस्रो विकेटका लागि ६१ रनको अर्धशतकीय पारी खेलेपछि सम्मानजनक योगफल बनाएको हो ।

एड्वार्ड ३० तथा लिडे ४१ रन बनाउँदै आउट भए । म्याक्स ओडवूडले १० रन जोडे ।

यस्तै, पिटर सिलार र एन्टोनियस स्टालले २२ र २० नटआउट रनको योगदान गरे ।

नेपालका सन्दीप लामिछानेले २, सोमपाल कामी र शाहब आलमले समान एक–एक विकेट लिए ।

१ सय ३६ रनको विजयी लक्ष्य पाएको नेपालले केही समयपछि ब्याटिङमा उत्रिनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...