काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक आज २ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्दैछ ।
बैठकमा कोरोनाको नयाँ प्रजाति समुदायस्तमै फैलिएको र बालबालिका सबैभन्दा बढी प्रभावित भएकाले त्यसको जोखिम कम गर्ने बारे छलफल हुने जनाइएको छ ।
शैक्षिक संस्था बन्द गर्न चौतर्फी दबाब आइरहेको र कोरोना संक्रमण दर दिनहुँ बढिरहेको अवस्थामा आजको बैठकलाई महत्वकासाथ हेरिएको छ ।
स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई संवेदनशिल क्षेत्रको रुपमा घोषणा गर्दै ती क्षेत्रका विद्यालय र भिडभाड हुने ठाउँ बन्द गर्न भनिसकेको छ ।
यसैगरी, शुक्रबार राष्ट्रियसभाको संसदीय समितिले पनि तत्काल बन्द गर्न सरकारलाई निर्देशन दिएको छ ।