ओलीले झुटको खेती गर्न ‘साइबर स्याल’ टिम बनाए : नेपाल

512

झापा । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले झुटको खेती गरिरहेको आरोप लगाएका छन् ।

शुक्रबार झापाको बिर्तामोडमा नेपाल समर्थित नेकपा एमालेले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले झुटको खेती गर्न टिम बनाएको र त्यसलाई ‘साइबर स्याल’ भन्ने गरिएको बताए । उनले ओलीले भ्रम नै सिर्जना गर्न खोजेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीसँग आफूहरुको कुनै व्यक्तिगत रिसइवी नभएको उनले बताए । नेता नेपालले पार्टी विधान विपरीत ओलीले पार्टीबाट आफूहरुलाई हटाएको उल्लेख गरे ।

नेपाल पक्षधर नेकपा एमाले झापाका अध्यक्ष वोधराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा ३ सय ५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ ।

घोषित कमिटीको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, सचिवमा निलमणि बराल उपसचिवमा मणि भण्डारी लगायत ३५१ सदस्यीय समिति रहेको र विभिन्न विधागत कमिटी समेत गठन गरिएको घोषणा गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...