प्रधानमन्त्री ओली एकलौटी ढंगले अघि बढ्न खोज्दा मुलुकमा अस्थिरता पैदा भयो : कोइराला

264

बुटवल । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले प्रधानमन्त्री ओली एकलौटी ढङ्गले अघि बढ्न खोजेको कारण मुलुकमा अस्थिरता पैदा भएको टिप्पणी गरेकी छन् ।

शुक्रबार जिपी कोइरालाको ११औँ स्मृति दिवसको अवसरमा जिपी कोइराला स्मृति प्रतिष्ठान बुटवलले आयोजना गरेको महिला भलिबल रनिङ्ग शिल्ड प्रतियोगितामा बोल्दै कोइरालाले नेपालमा सहमति, सहकार्य र एकता बिना कसैले केही गर्न नसक्ने जिकिर गर्दै मुलुकमा यो अस्थिरता देखा पर्नुमा प्रधानमन्त्री ओलीको अहमता, एकलौटी शासन प्रणाली नै रहेको बताइन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेकी कोइरालाले असफल नेतृत्वका कारण सरकार पूर्णरुपमा असफल भइसकेको बताइन् । त्यस्तै उनले नेपाली जनता कोरोना महामारी लगायत अनेकौँ समस्याहरुसगँ जुध्न परिरहेको बेला सरकारले ठूला–ठूला सपना बाड्नु शिवाय नेपाली जनताका लागि केही पनि गर्न नसकेको दाबी गरिन् ।

Share This:
सम्बन्धित खबर
Loading...