भेरी अस्पतालमा १८३ नमुना परीक्षण गर्दा १२७ जनामा काेराेना संक्रमण पुष्टि

474

नेपालगञ्ज । बाँकेको भेरी अस्पतालमा गरिएको १ सय ८३ जनाको कोरोना परीक्षण गर्दा १ सय २७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा १ सय ८३ जनाको नमुना परीक्षण गर्दा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेसु डा. प्रकाश बहादुर थापाले जानकारी दिए । उनका अनुसार संक्रमण दर ६९.४ प्रतिशत हुन आउँछ ।

कोरोना संक्रमित भएका १ सय २७ जनामध्ये ५ जना सोही अस्पतालका कर्मचारी रहेको उनले बताए ।

मेसु डा. थापाका अनुसा कोरोना संक्रमितमध्ये भेन्टिलेटरमा ७ जना, आइसियूमा ४० जना र कोभिड वार्डमा ४३ जना राखेर उपचार भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...