भारतबाट फर्किएका संक्रमितको भेरी अस्पतालमा मृत्यु

401

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक युवकको कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थपन केन्द्र बाँकेका अनुसार गुर्भाकोट–१३, सुर्खेत निवासी ३१ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा शुक्रबार बिहान भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको हो ।

कोरोना भाइरस संक्रमण पुष्टि भएपश्चात चैत ३१ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरी उपचार गर्दै गर्दा शुक्रबार बिहान ७ः३५ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

एक साताअघि मात्र भारतकाट फर्किएका उनमा स्वास्थ्य समस्या देखिएपछि नेपागञ्ज मेडिकल कलेज कोहलपुर प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको फोकल पर्सन ओलीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...