कोरोना अपडेट : २४ घन्टामा ५ को मृत्यु, ५३४ जनामा कोरोना संक्रमण

526

काठमाडौं । २४ घन्टामा देशभरबाट ५ सय ३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अनुसार देशभर ४ हजार १ सय ५२ आरटी पिसिआर र ५ सय ३४ एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणको नतिजामा कुल ५ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ५ सय ३४ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ । यीमध्ये ४ हजार ३ सय ८४ सय जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा १४५, ललितपुरमा ४३ र भक्तपुरमा ८ जना गरी उपत्यकामा १ सय ८८ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ९१ जना र भेन्टिलेटरमा ३५ जना उपचाररत छन् ।

मंगलबार देशभर १ सय ५७ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका १ सय ५७ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७४ हजार ६ सय ४ जना पुगेको छ । निको हुने दर ९७.४ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...