कोरोना विशेष अस्पताल बुटवलमा भारतबाट फर्केका संक्रमितको मृत्यु

537

 

बुटवल । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा भारतबाट फर्किएका कोरोना संक्रमितको मृत्यु भएको छ ।

पर्वत पैयुँ–५ का ३८ वर्षीय पुरुषको बुधबार उपचारको क्रममा मृत्यु भएको हो । उनी हालै भारतबाट घर फर्केका थिए ।

१० दिनदेखि उच्च ज्वरो अएपनि उनको ५ दिनअघि मात्र स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

चैत २९ गते अस्पतालमा भर्ना भएका उनको बुधबार साँझ ६ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

रुपन्देहीमा अहिलेसम्म कोरोना संक्रमणबाट १ सय ५७ जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...