स्वर्गद्वरी जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो

593

काठमाडौं । स्वर्गद्वरी मन्दिर दर्शन गर्न गएका गुल्मीका कर्मचारी सवार जिप दुर्घटना हुँदा मृत्यु हुनेका संख्या ५ पुगेको छ ।

मृत्यु हुनेहरुमा स्याङ्जा स्थायी घर भई जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत ३९ वर्षीय श्याम न्यौपाने, चालक २२ वर्षीय केशव कार्की, नायव सुब्बा ईश्वरी भण्डारी, खरिदार यमलाल पन्थी र सूर्य पन्थी छन् ।

जिप चालक र प्रशासकीय अधिकृतको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा र अन्य तीन जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भिंगृका प्रहरी नायव निरीक्षक (सई) बुद्धिप्रसाद रानाले जानकारी दिए ।

गुल्मीको तम्घासदेखि स्वर्गद्वरी मन्दिर दर्शनका लागि जाँदै गरेको लु१च१६५५ नम्बरको जिप स्वर्गद्वरी नगरपालिका–३ रुमालेमा दुर्घटना भएको थियो ।

बसलाई ओभरटेक गर्न खोज्दा जिप सडकदेखि करिब ६० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...