‘मेरो कित्ता’ एप्स सुरु गर्ने सरकारको तयारी

659

काठमाडौं । सरकारले नयाँ वर्ष २०७८ सालमा ‘मेरो कित्ता’ कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सिंहदरबारबाट प्रत्यक्ष टेलिभिजन सम्बोधनमार्फत् ‘मेरो कित्ता’ सञ्चालनमा ल्याउने जानकारी दिएका हुन् ।

‘मेरो कित्ता’ मार्फत् आफ्नो जग्गा धनिपुर्जा, आफ्नो कित्ता, आफू बसेकै ठाउँबाट एप्समार्फत हेर्न सक्ने उनले जनकारी दिए ।

आधुनिकीकरणतर्फको, डिजिटल प्रयोगतर्फको सबभन्दा पछिल्लो प्रविधि प्रयोग गर्ने काममा सरकार लागेको उनले बताए । नयाँ वर्षमा सरकारले नयाँ–नयाँ कार्यक्रम सुरु गर्न लागेको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...