अपडेट : नारायणी अस्पतालमा थप एकजना संक्रमितको मृत्यु

271

वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जको नारायणी अस्पतालमा आज दुई जनाको मृत्यु भएको छ ।

अस्पतालका कोभिड संयोजक डा.सरोजरोशन दासका अनुसार बाराको जितपुर–सिमरा उपमहानगरपालिका–९ छातापिपराका ३७ वर्षीय पुरुष र वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

गत आइतबार भर्ना भएका ६२ वर्षीय पुरुषको मंगलबार बिहान ८ः२० बजे मृत्यु भएको नारायणी अस्पतालका फिजिसियन डा. नीरज कुमार सिंहले जानकारी दिए । उनका अनुसार संक्रमितमा निमोनिया र कडा खालको झाडापखाला रहेको देखिएको छ ।

यस्तै, सोही अस्पतालमा मंगलबार बिहान साढे ३ बजे भारतको हैदरावादबाट फर्किएका बाराको जितपुर–सिमरा उपमहानगरपालिका–९ छातापिपराका ३७ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

याे पनि पढ्नुस्

वीरगञ्जमा भारतबाट फर्किएका कोरोना संक्रमितको मृत्यु

Share This:
सम्बन्धित खबर
Loading...