वीरगञ्जमा भारतबाट फर्किएका कोरोना संक्रमितको मृत्यु

267

पर्सा । कोरोना संक्रमणबाट वीरगञ्जमा एक पुरुषको मृत्यु भएको छ । भारतको हैदराबादबाट फर्किएका बाराको जितपुर–सिमरा उपमहानगरपालिका–९ छातापिपरा निवासी ३७ वर्षीय पुरुषको आज बिहान ३ः३० बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

चैत २९ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

चैत २६ गतेदेखि वीरगञ्जको एडभान्स हस्टिलमा उपचार गराइरहेका युवकमा कोरोना पुष्टि भएपछि उनलाई थप उपचारका लागि चैत ३० गते नारायणी अस्पतालमा भर्ना गरिएको अस्पतालका वरिष्ठ फिजिसियन डा.निरज सिंहले जानकारी दिए ।

ती संक्रमित स्वासप्रश्वासमा समास्या, उच्च ज्वरो र कडा निमोनियाबाट ग्रसित थिए ।

Share This:
सम्बन्धित खबर
Loading...