नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सावर्जनिक : ‘माइ सेकेण्ड टिचर’को प्रायोजन

295

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीलाई मोबाइल एप्लिकेसन ‘माइ सेकेण्ड टिचर’ ले प्रायोजन गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार माइ सेकेण्ड टिचरको आइएनजी ग्रुपसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको हो ।

माइ सेकेण्ड टिचर ले एक वर्षको लागि राष्ट्रिय टिमको जर्सीलाई प्रायोजन गरेको हो । सम्झौतासँगै नेपाली टिमको जर्सीमा माई सेकेण्ड टिचरको लोगो रहनेछ ।

यस्तै आइएनजी ग्रुप र इस्लिङ्गटन कलेजको लोगो प्रयोग गर्नेछ । नेपालले बैशाखमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–२० सिरिज खेल्दैछ । उक्त सिरिजमा नेपालले नयाँ जर्सी प्रयोग गर्ने छन् ।

टियु क्रिकेट मैदानमा आयोजना हुने टी–२० सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग वैशाख ४ गते खेल्नेछ ।

कार्यक्रममा नेपाली टिमको जर्सीसमेत सार्वजनिक गरिएको थियो । आइएनजी ग्रुपका संस्थापक तथा माइ सेकेण्ड टिचरका सहसस्थापक सुलभ बुढाथोकी र राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले जर्सी सार्वजनिक गरे । कार्यक्रममा

कप्तान मल्लले यस्ता प्रायोजनहरुबाट नेपाली क्रिकेट माथि उठ्ने विश्वास व्यक्त गरे । नेपाली टिमका मुख्य प्रशिक्षक डेव वाट्मोरले नेपाली क्रिकेटले यस्ता प्रायोजक वर्षौँसम्म पाउनु पर्ने बताए ।

एडप्याड तथा एएनएस ग्रुपका अध्यक्ष सुदिप थापाले यस कार्य सुरुवात मात्र भएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...