पोखरामा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु

453

पोखरा । पोखरामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पोखराको नागढुंगास्थित चरक मेरोरियल अस्पतालमा उपचाररत दुई जनाको सोमबार मृत्यु भएको हो ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–१० का ७८ वर्षीय वृद्धा र तनहुँ शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुष रहेका छन् ।

गण्डकी प्रदेश स्वास्थ निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–१० का वृद्धलाई गत चैत २० गते कोरोना संक्रमण पुष्टि भएपछि चरक मेरोरियल अस्पतालमा उपचारका लागि लगिएको थियो । उनमा ग्रन्थीको संक्रमण र निमोनियालगायत समस्या रहको डा.शर्माले बताए ।

यस्तै, तनहुँ शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको पनि चरक अस्पतालमै मृत्यु भएको डा.शर्माले बताए । मृतक पुरुषमा कडा खालको निमोनिया र श्वासमार्गको समस्या रहेको उनले बताए ।

योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...