सरकारलाई महतको व्यङ्ग्य– मेलम्ची देखाएर पेट्रालियम पदार्थको भाउ बढाऊ

230

काठमाडौं । सांसद गजेन्द्र बहादुर महतले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने सरकारको कदमप्रति व्यङ्ग्य गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले मेलम्ची देखाएर पेट्रोल–डिजेलको भाउ बढाउन सरकारलाई व्यङ्ग्यात्मक आग्रह गरेका हुन् ।

महतले धरहरा देखाएर डण्डी र सिमेन्टको मूल्य बढाएको भन्दै सरकारको आलोचना गरे ।

“विकास र सम्वृद्धि देखाएर नुन, तेल, चामल र दालको मूल्य बढाएर जनताको ढाँड सेकिएको छ,” सांसद महतले भने, “पार्टीको झगडा देखाएर संसदको ढाँड भाचिएको छ । कोरोना देखाएर ऋणले जनता डुबाउने, राष्ट्रवाद देखाएर यहाँ चुच्चे नक्सा नै गायब पारिसकेका छन् ।”

Share This:
सम्बन्धित खबर
Loading...