कोसी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

558

झापा । विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ ।

आइतबार राति झापा दमकका ९२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उपचार केन्द्रका फोकल पर्सन एपोलो भगतका अनुसार गत चैत २५ मा कोरोना संक्रमण देखिएपछि उनीसहित परिवारका ४ जना अन्य आफन्त पनि सोही अस्पतालमा भर्ना भएका थिए ।

चिनी रोगी वृद्धको उपचारका क्रममा आइतबार राति करिब १२ बजे मृत्यु भएको फोकल पर्सन भगतले जानकारी दिए ।

मृत्यु भएका वृद्धको शव राति नै आफन्ताको जिम्मा लगाइएको उनले बताए ।

दमकमा मात्रै कोरोना संक्रमणबाट ३६ जनाको मृत्यु भइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...