मुख्यमन्त्री राईले बोलाए सर्वदलीय बैठक

298

विराटनगर । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले सर्वदलीय बैठक बोलाएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) जनता समाजवादी पार्टी (जसपा) पार्टीसहित दलहरुलाई बैठकमा सहभागिताको लागि बोलाइएको नेकपा (एमाले) का प्रमुख सचेतक बुद्धि कुमारराज भणडरीले बताए ।

सर्वदलीय सहमतिको आधारमा संसद सुचारु गर्न बैठक बोलाइएको सचेतक भण्डारीले बताए ।

प्रदेशसभाको हिउँदे अधिवेशन बैठक प्रतिपक्षी दल कांग्रेस, माओवादी केन्द्र र जसपाले अवरोध गर्दै आएका छन् ।

गत माघ ७ गतेदेखि प्रदेश एकको सातौँ हिउँदे अधिवेशन सुरु भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...