सुनचाँदी व्यवसायी हत्या प्रकरण : शंकास्पद दुईजना पक्राउ

596

जनकपुरधाम । गएराति लहानमा सुनचाँदी व्यवसायीको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लहान नगरपालिका–७ का रामकृष्ण चौधरी भाग्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

शंकाकै आधामा अर्का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाले उनको पहिचान गोप्य राखिएको छ ।

लहान नगरपालिका–२३ स्थित कोठा भाडामा लिएर सुनचाँदी पसल गरेका ४० वर्षीय प्रदीप विश्वकर्मालाई गोली हानी हत्या गरिएको थियो । उनका श्रीमती ३७ वर्षीया अमिता विश्वकर्मामाथि लुटेरा समूहले खुकुरी प्रहार गरेका छन् । उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

विश्वकर्मा दम्पतीले लहान नगरपालिका–२३ का वडाध्यक्ष्ँ कन्हैया गुप्ताको घरमा अमित ज्वेलर्स नामको सुनचाँदी पसल सञ्चालन गरिरहेका थिए । सुनचाँदी लुट्न गएकाहरुले प्रदीपका टाउकोमा खुकुरी र छातीमा दुई गोली हानी हत्या गरेको प्रहरीको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...