पहिलो टी–२० मा पाकिस्तान ४ विकेटले विजयी

315

जोहन्सवर्ग । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी–२० किक्रेटमा पाकिस्तान विजयी भएको छ । जितसँगै पाकिस्तानले ४ खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

दक्षिण अफ्रिकाले दिएको १ सय ९९ रनको लक्ष्य एक बल बाँकी रहँदा ६ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानको जितमा मोहम्मद रिजवानले ७४, फहीम अस्रफले ३०, फखर जमानले २७ तथा बाबर आजम र हैदर अलीले समान १४–१४ रनको योगदान दिए ।

जोहन्सवर्गस्थित, द वन्डरर्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिक अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८८ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका एडिन मक्रामले ५१, हेनरिच क्लासिनले ५०, पिट भान बिल्जोनले ३४ तथा जन्निमन मलानले २४ रनको पारी खेले ।

जितसँगै पाकिस्तानले ४ खेलको टी–२० सिरिजमा १–० को अग्रता लिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...