कोरोना अपडेट : थप ३३७ जनामा कोभिड–१९ पुष्टि, एकको मृत्यु

429

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभरबाट ३ सय ३७ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) का बिरामी थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ३ हजार ५ सय ३२ जनामा पिसिआर नमुना परीक्षणको नतिजामा कुल ३ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ३ सय ३७ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको छ । यीमध्ये २ हजार ८ सय जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

बिहीबार देशभर थप १ सय ५१ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका १ सय ५१ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७३ हजार ८ सय ८६ जना पुगेको छ । निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म ३ हजार ३९ जनाको कोरोनाबाट ज्यान गएको मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...