कानुन र कृषिमन्त्रीले पाए रिक्त रहेका मन्त्रालयको जिम्मेवारी

कर्णालीका मन्त्रीहरुको राजीनामा स्वीकृत

579

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रीहरुले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

गत मंगलबार मख्यमन्त्री शाहीलाई नेकपा एमालेबाट सरकारमा रहेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले बुझाएको राजीनामा शनिबार स्वीकृत गरिएको हो ।

मुख्यमन्त्री शाहीले खाली रहेका मन्त्रालयको जिम्मेवारी आन्तरिक जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारी विमला केसीलाई दिएका छन् ।

मन्त्री भण्डारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिए ।

यस्तै, भौतिक पूर्वाधान विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी मन्त्री केसीलाई दिइएको उनले बताए ।

गत फागुन २३ मा सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र र नेकपा एमालेलाई ब्युँताइदिएपछि एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठकले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । जसअनुसार एमालेका ३ जना मन्त्रीहरुले राजीनामा दिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...