केही दिनमै नयाँ सरकार बन्नेमा आशावादी छु : प्रचण्ड

463

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले केपी ओलीको सरकार धेरै दिन नटिक्ने दाबी गरेका छन् ।

शनिबार नेपाल राष्ट्रिय कर्मचारी संगठनको परिषद बैठकमा सम्बोधन गर्दै प्रचण्डले नयाँ सरकार बनेपछि महँगी घटाइ कर्मचारीलाई साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रचण्डले कर्मचारीको आफ्नै सीमा र मर्यादा भएकोले विवेक पुर्याएर अन्याय र अत्याचारका विरुद्धमा लड्न आह्वान गरे । देशमा बढिरहेको बेथितीको अन्त्य गर्ने प्रमुख दायित्व कर्मचारीको भएकोले राष्ट्रिय हितको पक्षमा लड्न आग्रह गरे ।

उनले फेरि आन्दोलनमा जानुको विकल्प नभएको बताउँदै मजदुर, किसानलाई दुःख नदिइकन आन्दोलन गर्नुको विकल्प नभएको उल्लेख गरे । अब केही दिनमा नयाँ सरकार बन्छ भन्नेमा आफू आशावादी रहेको उल्लेख गरे ।

“केही दिनभित्र नयाँ सरकार गठन हुन्छ र सबै कालो बादल हट्छ भन्नेमा म आशावादी छु । त्यो प्रयास निरन्तर अघि बढाइरहेका छौँ । हामी मिलेकाहरुलाई जसरी अप्राकृतिक ढंगले बिछोड गराइएको छ । विकेन्द्रित गरिएको छ । विखण्डित गरिएको छ । यो राष्ट्रकै पीडा हो । जनताकै पीडा हो ।” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...