ओली देशलाई मध्यावधि निर्वाचनतर्फ धकेल्ने षडयन्त्रमा लाग्दैछन् : केसी

226

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले देशलाई मध्यावधि निर्वाचनतर्फ धकेल्ने षडयन्त्रमा प्रधानमन्त्री ओली लागेको आरोप लगाएका छन्।

विघटित प्रतिनिधिसभा पुनःस्थापना भएपछि नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुको सट्टा फेरि देशलाई मध्यावधि निर्वाचनतर्फ धकेल्ने षडयन्त्रमा लागेको आरोप लगाएका हुन् ।

बुटवलमा भएको राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनले गरेका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले टुटफुट भएका कम्युनिस्टहरु फेरि मिलेर सरकार बनाउनुपर्ने र त्यसको लागि पहिले केपी ओलीले राजीनामा दिनुपर्ने बताए ।

केसीले सरकार जनताको आधारभूत समस्याहरु समाधान गर्नुको साटो संसद किनबेचको खेलमा लागेको बताए । केसीले संघियताले मुलुकलाई बोझ थपेको भन्दै संघियता खारेजीको माग गरे।

चौथो राष्ट्रिय सम्मेलनले पुन चित्रबहादुर केसीको अध्यक्षतामा ४७ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसको कार्यकारी अध्यक्षमा रश्मीराज नेपाली, उपाध्यक्षमा जनकराज शर्मा, दुर्गा पौडेल, महासचिवमा मनोज भट्ट, सचिवमा हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...