चार्जमा राखेको मोबाइल पड्किँदा महिला घाइते

440

भोजपुर । चार्जमा राखेको मोबाइल पड्किँदा एक महिला घाइते भएकी छन् ।

भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीया शर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरीका अनुसार तामाङको हात, छातीलगायतका ठाउँमा चोट लागेको छ । घाइते तामाङको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...