१४औँ संस्करणको आइपिएल आजदेखि सुरुः मुम्बइ र बैंगलोर भिड्दै

420

काठमाडौं । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) आजदेखि सुरु हुँदैछ । डिफेन्डिङ च्याम्पियन मुम्बइ इन्डियन्स र रोयल च्यालेञ्जर्स बैंगलोर २०२१ को उद्घाटन खेलमा भिड्दैछन् । खेल नेपाली समयअनुसार ७ः४५ बजे सुरु हुनेछ ।

आजको खेल भारतीय टोलीका कप्तान विराट कोहली र उपकप्तान रोहित शर्माको टोलीबीचको खेललाई महत्वकासाथ लिइएको छ । पाँचौ पटकको विजेता मुम्बइ बैंगलोरमाथि भारी पर्ने देखिन्छ ।

मुम्बइ र बैंगलोर (२००८–२०२०) सम्म २७ पटक आमने सामने भएका छन् । जसमा मुम्बइले १७ पटक जित हासिल गरेको छ भने बैंगलोरले १० पटक मात्र जितेको छ ।

छैटौँ पटक आइपिएलको उपाधि जित्ने रणनीतिमा रहेको मुम्बइका विकेट किपर ब्याट्सम्यान क्वुइन्टन डि कोक चोटग्रस्त रहेका छन् । यस्तै, भारतीय खेलाडी इशान किसनm सूर्य कुमार यादव, पाण्ड्या ब्रदर्स (हार्दिक र क्रुणाल) उत्कृष्ट फर्ममा रहेका छन् ।

भारतीय टोलीका समेत कप्तान रहेका कोहली पहिलो उपाधि जित्न सुरुवाती चरणबाटै लय पक्रान चाहेका छन् । बैंगलोरलो अष्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेललाई ठूलो धनराशी खर्च गरेको टोलीमा भित्र्याएको छ । यस्तै, एबी डि भिलियर्स, देवदत्त पड्डिकल, काइल जेमिसनm मोहम्मद सिराज, नवदीप सैनीको प्रदर्शनमा भर पर्नेछ ।

कोरोना भाइरसलाई मध्यनजर गर्दै आइपिएलका सबै खेलहरु बन्द स्टेडियममा हुनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...