न्यु डाइमन्डलाई पाँचौँ एनभिए च्याम्पियनसीपको उपाधि

346

काठमाडाैं । पाँचौँ संस्करणको आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसीप अन्तर्गत महिलातर्फको उपाधि न्यु डाइमन्ड स्पोर्ट्स क्लबले जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार भएको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै न्यु डाइमण्ड च्याम्पियन बनेको हो ।

सुरुवाती सेट पुलिसले २५–२२ ले जितेको थियो । त्यसपछिको दुई सेट लगातार न्यु डाइमन्डले २५–११ र २५–१९ ले जित्यो । तर, चौथो सेट पुलिसले २५–२१ ले जितेपछि खेल पाँचौँ सेटमा पुगेको थियो ।

त्यसपछि पाँचौ तथा अन्तिम सेटमा १५–११ को जित निकाल्दै न्यु डाइमन्डले उपाधि आफ्नो पक्षमा पार्यो । उपाधिसँगै न्यु डाइमन्डले नगद ३ लाख प्राप्त गरेको छ । उपविजेता पुलिसले १ लाख ७५ हजारमा चित्त बुझायो ।

Share This:
सम्बन्धित खबर
Loading...