कोरोना अपडेट : पछिल्लो २४ घन्टामा थपिए ३३२ जनमा कोरोना संक्रमित

375

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभरबाट ३ सय ३२ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ४ हजार ६ सय जनामा पिसिआर नमुना परीक्षणको नतिजामा कुल ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ३ सय ३२ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको छ । यीमध्ये २ हजार ४ सय ५४ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

बिहीबार देशभर थप ७९ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ७९ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७३ हजार ६ सय ८ जना पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणाबाट हालसम्म ३ हजार ३८ जनाले कोरोनाबाट ज्यान गएको मन्त्रालयले जनाएको छन् ।

Share This:
सम्बन्धित खबर
Loading...