प्रतिनिधिसभामा शान्ता चौधरीको कविता– ‘कठैबरा कसले होला पुछिदिने आँसु’

543

काठमाडौं । नेकपा एमालेकी सचेतक शान्ता चौधरीले सरकारले गरेको काम कवितामा उतारेकी छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले कवितामार्फत सरकारले गरेको कामको बारेमा चर्चा गरिन् ।

विरोधका लागि विरोध गर्नेहरुको कोलाहल देखेर म छक्क पर्छु
सरकार विकास गर्छ
जनतालाई हसाउँछ, खुसी दिन्छ
तर विकास विरोधीहरुको आँखा रसाउँछ अनि खुसी हराउँछ
प्रधानमन्त्री देशव्यापीरुपमा जब जनलहर आउँछ
तब विरोधीहरुको निद्रा हराउँछ
विकासप्रेमीहरु अहिले खुसीले गदगद छन्
सुन्दैछु नयाँ वर्षको प्रवेशसँगै देशले अमूल्य चिज उपहार पाउँदैछ
गौतम बुद्ध विमानस्थल सम्पन्न भयोे
धरहरा मुसुक्क मुस्कुरायो
केही भन्दैछन् जनता हाँस्दा म कसरी हाँसु
कठैबरा कसले होला पुछिदिने आँसु ।

 

Share This:
सम्बन्धित खबर
Loading...