अमेरिकाको टेक्सासमा एक नेपालीको गोली हानी हत्या

365

काठमाडौं । अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ । टेक्सासको अस्टिनमा बस्दै आएका पोखरा सराङकोटका रमेश थापाको मृत्यु भएको जनाइएको छ ।

अस्टिन प्रहरी विभागका अनुसार मध्यरात त्यहाँको स्थानीय आवसीय क्षेत्रमा थापालाई गोली हानिएको थियो । घटनापछि प्रहरीलाई खबर गरेका व्यक्तिले राति १२ः३० बजेतिर गोली चलेको जनाएका थिए ।

स्प्रिङ रोडस्थित कंकड अपार्डमेन्ट (आवासगृह) क्षेत्रमा मंगलबार राति गोली हानेर हत्या गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।

थापा झन्डै ११ वर्षअघि मेक्सिको हुँदै अमेरिका पुगेका थिए ।

पछिल्लो समय अमेरिकामा एसियाली नागरिकमाथि आक्रामणका घटना बढिरहेको समयमा यो हत्या भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...