सुदूरपश्चिम प्रदेशसभा सदस्य झपट बोहरालाई माओवादीले सोध्यो २४ घन्टे स्पष्टीकरण

548

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नेकपा एमाले प्रवेश गरेका सुदूरपश्चिम प्रदेशसभा सदस्य झपट बहादुर बोहरालाई स्पष्टीकरण सोधेको छ ।

बुधबार अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट माओवादी केन्द्रबाट निर्वाचित बोहरालाई २४ घन्टे स्पष्टीकरण सोधेको हो ।

माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेप बहादुर चौधरीले माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार सदस्य रहेको बेला प्रदेशसभामा निर्वाचित भएपनि एमाले प्रवेश गरेको भन्दै दल त्याग सम्बन्धी कानुनअनुसार कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...