थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितकाे संख्या २ हजार नाघ्याे

276

काठमाडौं । पछिल्लो २४ घन्टामा ३ सय ३९ जना नयाँ संक्रमित थपिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ४ हजार १ सय जनामा पिसिआर र १ हजार ४० एन्टिजेन नमुना परीक्षणको नतिजामा पिसिआरमा २ सय ९८ र एन्टिजेनमा ४१ गरी कुल ३ सय ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ३ सय ३९ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार २ सय ९ पुगेको छ । यीमध्ये २ हजार २ सय १ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा १ सय ३२, ललितपुरमा २६ र भक्तपुरमा ५ गरी काठमाडौं उपत्यकामा १ सय ६३ जना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये ६५ जना आइसियू र १३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

देशभर थप ७४ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ७४ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७३ हजार ५ सय २९ जना पुगेको छ । निको हुने दर ९८।१ प्रतिशत रहेको छ ।

मन्त्रालयकाअनुसार हालसम्म कोरोना संक्रमणबाट ३ हजार ३६ जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...