सरकार बाहिर रहेर औँला ठड्याउछौँ : चुमान

510

कास्की । गण्डकी प्रदेश सरकारबाट बाहिरिएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले विपक्षी दलमा रहेर खबरदारी गर्ने बताएको छ ।

गण्डकी प्रदेशसभाको सातौँ बैठकको पहिलो दिन बोल्ने क्रममा माओवादी केन्द्रका सांसद हरिबहादुर चुमानले सरकार बाहिर रहेर नै औँला ठड्याउन उपयुक्त हुने बताए । “सरकारबाट बाहिर रहेर नै औँला ठड्याउन उपयुक्त हुने लाग्यो ।”

बुधबार आन्तरिक मामिला तथा कानुनमन्त्रीबाट राजीनामा दिएका चुमानले सरकारमा रहँदा भएका अप्ठ्यारासमेत सुनाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली संघीयता विरोधी हुँदा प्रदेशहरु स्वायत्त हुन नसकेको उनले आरोप लगाए । उनले भने, “संघीयताको मर्म नबुझ्दा यी समस्या आएका हुन् । संघीयगता कार्यान्वयनका कर्ममा हाम्रो काबुभन्दा बाहिरको स्थिति बन्न पुग्यो । संघीय सरकारले त्यो मर्म बुझेन ।”

चुमानसँगै माओवादी केन्द्रबाट भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले राजीनामा दिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...