माओवादी केन्द्रका दुई मन्त्रीले मुख्यमन्त्री समक्ष बुझाए राजीनामा

171

काठमाडौं । गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा पत्र बुझाएका छन् ।

माओवादी केन्द्रबाट सरकारमा सहभागी आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले राजीनामा दिएका हुन् ।

माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका चुमानले आज प्रदेशसभा बैठकमा मुख्यमन्त्री पुथ्वी सुब्बा गुरुङलाई राजीनामा बुझाएको जानकारी दिए ।

राजीनामा पत्र बुझाउँदै मन्त्री चुमानले फेरि सहकार्यको बाटो खुलोस् भनेका थिए । “हामीले भन्दा पनि माथिबाटै निर्णय भएर राजीनामा बुझाएका हौँ,” मन्त्री चुमानले भने,“हामी अझै पनि सहकार्य गरेर नै अघि बढ्ने वातावरण बनोस् ।”

आजै माओवादी केन्द्रको संसदीय दलको बैठकले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...